इलाम र बझाङमा उपनिर्वाचन : १ लाख ८७ हजार मतदाताले छान्नेछन् दुई सांसद

इलाम र बझाङको उपनिर्वाचन अन्तर्गत आज मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा मतदान शुरु भएको हो । इलाम–२ मा एमालेका तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

बिज्ञापन

निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् । यस्तै इलाममा यस अघि ४२२ जना मतदाता थपिएका छन् । आयोगले यसअघि नै सार्वजनिक गरेको विवरण अनुसार इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन्। यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

बिज्ञापन

बझाङमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।इलाममा १८ जना चुनावी मैदानमा छ । दुई निर्वाचन क्षेत्रमा ३० जना चुनाव लड्दै छन्। इलाम २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो। त्यस्तै बझाङको प्रदेश सभा (१) पनि त्यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष