११ शाखा अधिकृतको सरुवा :- ४ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ११ शाखा अधिकृतहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार ४ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ४ अधिकृत सिंहदरबारस्थित गृह,सञ्चार र भूमि व्यवस्था मन्त्रालयमा तानिएका छन् । यस्तै बाँकी २ लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र १ जनालाई जिससतिर पठाइएको छ ।

बिज्ञापन

मन्त्रालयले बाँकेको डुडुवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीलाई राप्तीसोनारी गाउँपालिकामा खटाएको छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा कार्यरत तेजिन्द्र गौतमलाई बर्जु गाउँपालिकामा खटाएको छ ।

बिज्ञापन

यस्तै,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत प्रशन्नदीप राईलाई थुलुङ दुधकोशी गाँउपालीका सोलुखुम्बुको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ । यस्तै,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा कार्यरत शाखा अधिकृत विनोद कुमार भण्डारीलाई जहदा गाउँपालिका मोरङको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ ।

सरुवाको सूची अनुसार, बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा पठाएको छ । यस्तै, बैजनाथ गाउँपालिका बाँकेका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवलाई गृह मन्त्रालयमा तानिएको छ भने बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, पचरौता नगरपालिका बाराका प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर कुमार सिंहलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, जिल्ला समन्वय समिति प्युठानमा कार्यरत हरि प्रसाद पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमै ल्याइएको छ भने जिल्ला समन्वय समिति सुर्खेतमा कार्यरत मेघनाथ सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली पुगेका छन् । तिला गाउँपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढा थापालाई जिल्ला समन्वय समिति जुम्ला पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष