सिडिओको पहिलो बैठकमा २० कार्यालय प्रमुख अनुपस्थित,७ लाई लिखित स्पष्टीकरण

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी सहभागी पहिलो कार्यालय प्रमुख बैठकमा बहुमत हाकिमहरूको अनुपस्थिति देखिएको छ । एक महिनाअघि मात्रै आएका जोशीले वैशाख ६ गते बैठक डाकेका थिए । हरेक महिनाको ५ गते नियमित यस्तो बैठक राख्ने तालिका छ । वैशाख ५ गते रामनवमी पर्वको बिदाका कारण भोलिपल्ट जिल्ला प्रशासन कार्यालयमा बैठक आयोजना गरिएको थियो । चैत्रको दोस्रो साता होलीपर्व चलिरहँदा सिडिओ जोशीले दार्चुलाको जिम्मेवारी सम्हालेका थिए ।
जोशीले राजनीतिक दल, पत्रकारसहित सरोकारवालाहरूबीच परिचयात्मक बैठक गत महिना नै आयोजना गरेका थिए । धेरैजसो कार्यालय प्रमुखहरूसंग सम्पर्क र अनौपचारिक भेटघाट गरिए पनि कार्यालय प्रमुखहरूसंगको औपचारिक बैठक भने वैशाख ६ गते मात्रै आयोजना गरिएको हो ।

बिज्ञापन

तीन दर्जन सरकारी कार्यालयमध्ये १५ का प्रमुख मात्रै बैठकमा सहभागी भएका छन् ।  १३ वटा कार्यालयबाट निमित्तले सहभागिता जनाए पनि ७ वटाबाट भने कोही पनि आएनन् । आफू सहभागी पहिलो बैठकमै २० भन्दा बढी कार्यालय प्रमुख अनुपस्थित भएपछि उनी एक्सनमा उत्रिएका छन् ।  अनुपस्थित ७ कार्यालय प्रमुखलाई लिखित स्पष्टीकरण सोधिएको छ । बैठकको भोलिपल्ट दार्चुला भन्सार कार्यालय, नेपाल टेलिकम, पशु क्वारेन्टाइन चेकपोष्ट, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय, जिल्ला समन्वय समिति, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय प्रमुखलाई अनुपस्थित हुनुको कारणबारे लिखित स्पष्टीकरण सोधिएको छ । बैठकमा कार्यालय प्रमुख स्वयं अनिवार्य उपस्थित हुन जोशीले सबै प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

बिज्ञापन

वैशाख ६ गतेको बैठकमा वन, जिल्ला अस्पताल, तथ्यांक, घरेलु, कारागार र सामाजिक विकास कार्यालयबाट प्रमुखहरूको अनुपस्थिति रहेको भन्दै प्रतिनिधि सहभागी भएका थिए । त्यसैगरी, कृषि ज्ञान केन्द्र, हुलाक, भू तथा जलाधार व्यवस्थापन, खानेपानी, आयुर्वेदिक र शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयबाट पनि प्रतिनिधिहरूको सहभागिता थियो । जिल्लास्थित सुरक्षा निकाका प्रमुखहरूसहित १५ वटा निकायबाट भने राम्रो सहभागिता थियो । निर्वाचन, कोलेनिका, स्वास्थ्य, भेटेरिनरी अस्पताल, महाकाली कोरिडोर सडक योजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मालपोत, विद्युत्, खाद्य र सीमा प्रशासन कार्यालयबाट कार्यालय प्रमुखको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो ।

सरकारी सम्पत्तिको संरक्षण र सरकारी सवारीसाधनको उचित प्रयोग गर्नसमेत भनिएको छ । लिखित अनुमति र सहमति विना कार्यालय प्रमुखहरूलाई जिल्ला नछोड्न समेत निर्देशन दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष