भन्सार छलेर ल्याइएको १० हजार केजी प्याजको गाडी बरामद

सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीले अवैध रुपमा ल्याइएको १० हजार केजी प्याजको गाडी बरामद गरेको छ । १० हजार केजी प्याज, बोरा सिलाउने मेसिन र गाडीको बिगो मूल्य सहित कायम गरी  ५० लाख बराबरको अवैध सामान बरामद गरी आज भैरहवा भन्सार कार्यालयमा प्राप्त भएको प्रमुख नारद गौतमले जानकारी दिए ।

बिज्ञापन

रुपन्देहीको सिद्धार्थनगर ४ दोगहरा इलाकामा भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याएर बाँसको छाप्रोमा भण्डारण गरी ग १ ख ९२२६ नं. को २.५ टाटा गाडीमा गत आइतबार राती साढे दश बजेको समयमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन न्यौपानेले जानकारी दिए ।

बिज्ञापन

२७ गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको नेतृत्वमा खटिएको ११ जना सीमा अनुगमन टोलीले सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा उक्त प्याजसहितको गाडी पक्राउ गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष