साउनबाटै ‘निमित्तको राज’ हट्ने,सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खट्ने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक बर्षको शुरुवातदेखि नै स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने गरी काम गरिरहेको जनाएको छ ।

बिज्ञापन

संघीय सरकारको अकर्मण्यता र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको व्यवहारका कारण २ सय भन्दा बढी स्थानीय सरकार निमित्त प्रशासकीय प्रमुखको भरमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी भानुभक्त जोशीले सम्हाल्नु अघि मुलुकभरका साढे दुई सय अर्थात झण्डै २५ प्रतिशत स्थानीय तह निमित्तकै भरमा चलिरहेका थिए ।हालै मात्र बढुवा पछि पदस्थापन भएका १० उपसचिव र २९ अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पालिकामा खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुसार,अझैं २०७ स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन् । यस्का अलवा जगेडामा रहेका केही कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएको छ ।

बिज्ञापन

आगामी आर्थिक बर्षको शुरुवातसम्ममै देशभरकै पालिकामा निमित्त हाकिम नरहने गरी काम भइरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार आगामी साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने गरी काम भइरहेको छ ।सामान्य प्रशासन मन्त्रालयका अधिकारी यसरी निमित्तको भरमा चलिरहेका कार्यालयहरुमा छिट्टै नै प्रमुख प्रशासकीय अधिकृत खटाइने बताउँछन् । अबको लटमा बढुवा भएर शाखा अधिकृत र उपसचिवलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइने छ सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुको भनाई छ । केही समय पछि नै ३४ जना उपसचिव र बढुवाबाट ५० जना शाखा अधिकृत आउँदै गरेकाले तिनलाई पनि स्थानीय तहमा पठाउने मन्त्रालयले नीति लिएको छ मन्त्रालयले ।मन्त्री जोशीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको खटन पटन गर्ने सम्बन्धमा कार्यविधि नै बनाएर काम गर्न खोजिरहेका छन् । संघ सरकारले पठाएका कतिपय प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिरै हुन नदिने,बाटैबाट फर्काउने र निमित्तकै भरमा खेलोमेला चलाउने खेल कतिपय स्थानीय तहमा देखिएको छ । जनप्रतिनिधि आफैंले रोजेर निमित्त हाकिम राख्ने र तिनकै आडमा बेरुजु बढेको, विकास निर्माणका काममा ढिलासुस्ती भएको, सेवा प्रवाह र सुशासन कमजोर बनेको लगायतका अनियमितता बढ्दै गएपछि त्यसलाई रोक्नका लागि मन्त्रालयले आगामी आर्थिक बर्षदेखि निमित्तको खेलोमेलो रोक्न लागेको हो ।

पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी देशमा सुशासन कायम गर्न निमित्तका भरमा कार्यालय चलाउने परिपाटीलाई निमिट्यान्न पार्नैपर्ने बताउँछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष