बागदरबारको पत्र पुग्यो धुम्वाराही,जरिवाना तोकियो ५ हजार २ सय २२

राप्रपाले हालै काठमाडौंमा गरेको आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा क्षति भएको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना तिर्न राप्रपालाई पत्र पठाएको छ ।
गत चैत २७ गते राप्रपाको आन्दोलनमा प्रदर्शनकारी भृकुटीमण्डपबाट माइतीघरतर्फ जाँदै गर्दा झडप भएको थियो । सोही क्रममा भद्रकाली ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै महानगरले राप्रपालाई जरिवाना तिराउने निर्णय गरेको छ ।

बिज्ञापन

महानगरका अनुसार राप्रपाले ट्राफिक आइल्याण्डको मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

बिज्ञापन

यसका लागि महानगरले आज आफ्नो बैंक खाता नम्बरसहितको पत्र धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालयमा पठाएको हो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष