नेता कुट्ने हाकिम प्रहरीको फन्दामा

पूर्वाधार विकास कार्यालय सल्यानका हाकिम प्रहरीको फन्दामा परेका छन्। पूर्वाधार विकास निर्देशनालय पूर्वाधार विकास कार्यालय सल्यानका सिनियर डिभिजन इन्जिनियर हरिबहादुर ओलीवलीलाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

बिज्ञापन

नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई आइतबार अदालतले पाँच दिन हिरासतमा राखेर घटना अनुसन्धानका लागि अनुमति प्रदान गरेको हो।

बिज्ञापन

चैत २९ गते बेलुकी सल्लीबजारस्थित बालुवा संग्रहको कृष्ण होटलमा ५६ वर्षीय विष्ट र कार्यालय प्रमुख ३६ वर्षीय वलीबीच सामान्य विवाद हुँदा वलीले आफूमाथि कुटपिट गरेको भन्दै विष्टले किटानी जाहेरी दिएका थिए। वलीलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

सभापति विष्टको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा पाँच वटा टाँका लगाइएको डिएसपी कार्कीले बताए।प्रहरीले वलीमाथि कुटपिट तथा अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष