खानेपानी आयोजनाका हाकिमसहित ५ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजिव रिमालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

पाँच जनाको मिलेमतोमा आयोजनाको ५ लाख ६१ हजार ४८१ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

मुगुको सोरु गाउँपालिका ५ स्थित नेर सिंचाइ आयोजनाको पाइपलाइन निर्माणका क्रममा गलत विवरण बुझाइ उपभोक्ता समितिलाई गैरकानुनी लाभ र सरकारलाई हानी नोक्सानी पुर्‍याएको अख्तियारले दाबी गरेको छ ।आर्थिक वर्ष २०७८र ०७९ मा सोरु गाउँपालिकाको वडा नम्बर ५ मा सिँचाई आयोजनामा निर्माणमा अनियमितता भएको आयोगको दाबी छ । सिचाइ आयोजनाको पाइपलाइन १७ सय हुनुपर्नेमा ८१२ मिटर मात्रै बनाएको र पूरा भएको भनी झूठो विवरण पेश गरी पहिलो, दोस्रो बिल स्वीकृत गरेर ५ लाख ६१ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले रिमालका साथै सव–इन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको हो ।

बिज्ञापन

आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम जफत गरि कैद र जरिवानाको माग गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष