एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो

एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ । जुन चैत महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ९.३३ प्रतिशतले कम हो । बैंकले चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

बिज्ञापन

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७ प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ७.१० प्रतिशत,१२ महिनाका लागि ७.७५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ७.७५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि पनि ७.७५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

बिज्ञापन

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । चैत महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ७.५४८ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले वैशाख महिनाका लागि भने अधिकतम ६.७०० प्रतिशत प्रदान गर्ने भएको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ६.३५० प्रतिशत र १२  महिना वा १२ महिनादेखि १८० महिनासम्मका लागि ६.७०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष