सङ्घीय निजामती ऐन छिट्टै आउँछ :- मन्त्री जोशी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती ऐन छिट्टै संसदबाट पारित हुने बताएका छन् । मुलुक संघीयतामा गए पनि लामो समयसम्म पारित हुन नसकेको संघीय निजामती ऐन छिट्टै पारित हुने मन्त्री जोशीले बताएका हुन् ।

बिज्ञापन

उनले सङ्घीय निजामती ऐनमाथि दफावर छलफल गर्ने तयारीमा रहेको बताउँदै यो ऐन कार्यान्वयनमा जाँदा ठुलो उपलब्धि हुने दाबी गरे । कार्यक्रमको सिलसिलामा बुटवल पुगेका मन्त्री जोशीले सङ्घीयतालाई बलियो बनाउन र सुशासन कायम गर्नका लागि समेत उक्त ऐन ल्याउनुपर्ने बताए । देशभरका निजामती सेवामा रहेका कर्मचारीहरूको व्यवस्थापन गर्ने काम हुँदा ठूलो उपलब्धि हुने बताउँदै सङ्घीय निजामती ऐन छलफल गरेर संसदबाट पारित हुँदा यसले देशभरका कर्मचारीहरूको व्यवस्थापन सहज हुने मन्त्री जोशीले विश्वास व्यक्त गरे ।

बिज्ञापन

प्रदेश र स्थानीय सरकारका लागि आवश्यक ऐन र मापदण्ड निर्माणमा समेत आफू लागि परेको बताए । उनले अहिले सुशासन कायम गर्दै सङ्घीयतालाई दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसलाई प्राथमिकतामा राखेर काममा अघि बढेको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष