जब ठेकेदारले नै सरकारी कर्मचारीलाई २ रोपनी ९ आना जग्गा किनिदिए

एक जना सरकारी कर्मचारीले ठेकेदारलाई ठेक्कापट्टा मिलाइदिए वापत घुस स्वरुप भक्तपुरमा साढे २ रोपनी जग्गा नै किनिदिएको भेटिएको छ । यस्तो कर्ममा संग्लग्न रहेका लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले इन्जिनियर भट्टराई पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको प्रमाणका आधारमा विशेषमा आइतबार मुद्धा दायर गरेको हो । भट्टराईले कोषमा ठेक्का पट्टाको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरलाई पैसा नलिई जग्गा बेच्नेको खातामा रकम हाल्न लगाएको प्रमाणका आधारमा अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

मोहोत्तरीको भंगाहा– ५ स्थायी घर भएका भट्टराईले भक्तपुर गुण्डुमा– २ कित्ता जग्गा किनेका थिए । २ रोपनी ९ आना १ पैसाको एउटा र २ आना एक पैसाको अर्को गरी दुई कित्ता जग्गा किनेको अख्तियारले जनाएको छ । उक्त जग्गा आमा जानकी भट्टराईको नाममा किनिएको मालपोत कार्यलय भक्तपुरबाट प्राप्त कागजातले पृष्टि गरेको अख्तियारले जनाएको छ । भक्तपुर गुण्डुमा अवस्थित कित्ता नम्बर १३७४ र १३७५ मा उक्त जग्गा खरिद गर्दा ठेकेदारबाट जग्गा धनीको खातामा ८० लाख र जग्गा मिलाइदिने व्यक्तिको खातामा जम्मा गरिएको र उक्त रकममध्ये अठतीस लाख सात हजार दुई सय रुपैयाँ समेत जग्गा विक्रेताको बैक खातामा जम्मा गराएको र जग्गा विक्रेताले भक्तपुर गुण्डु ३ स्थित उक्त कित्ताको जग्गा बिक्री गरेको देखिंदा लुम्बिनी विकास कोषमा योजना प्रमुखको रूपमा कार्यरतसँग घुस वा रिसवत स्वरूप माग गरेको रु ८० लाख रकम आफैले प्रत्यक्ष रूपमा नलिई आमा जनक नन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्दा उक्त रिसवत रकम प्रयोग गरी भ्रष्टाचार निवारण ऐन, अनुसार कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुनका साथै सोही ऐनको दफा ३ को उपदफा १ र दफा ४७ बमोजिम सरोज भट्टराई र उनको आमा जनक नन्दनी भट्टराईलाई समेत प्रतिवादी बनाउँदै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

अख्तियारले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस माग गरी ठेक्का ती प्रोप्राइटरको बैंक खाताबाट जग्गा विक्रेताको बैंक खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी ८० लाख रुपैयाँ पठाइदिएको खुलेको थियो। पछि जग्गा खोजिदिने व्यक्तिले समेत जग्गा धनीको बैंक खातामा ३८ लाख ७ हजार २ सय रुपैयाँ पठाइदिएको खुलेको थियो ।

बिज्ञापन

सरकारी कर्मचारीले घुसबापत पैसा नलिई जग्गा लिएको तथ्यसहित अख्तियारले बाबु निर्माण सेवा कम्पनीले जग्गा बेच्नेको नाममा पैसा हाल्दिएको भेटिएपछि अख्तियारले उनीहरुलाई प्रतिवादी बनाएर मुद्धा चलाएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष