ठगबहादुर घुस्याहा ठहर, ८ लाख ५० हजार जरिवाना

नेपाल प्रहरीका बर्खास्त प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतले आज (मंगलबार) उनलाई दुई वर्ष जेल र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

बिज्ञापन

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा केसीलाई दोषी ठहर गरेको हो । उनले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) को कसूर गरेको ठहर विशेष अदालतले गरेको हो । अदालतले उक्त ऐनको दफा ३ को उपदफा (१) बमोजिम ठगबहादुरलाई २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

बिज्ञापन

गत भदौ १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ लाख रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगले नेपाल प्रहरीबाट बर्खास्त डीएसपी केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । केसीले बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीबाट लगेको सुन फिर्ता गर्नका लागि रकम माग गरेका थिए । केसीको निवास खानतलासी गर्दा नगदसहित उक्त सुन बरामद भएको थियो ।

बिज्ञापन

केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लगेर १५ दिनसम्म राखेकाथिए ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष