भ्रष्टाचार मुद्धामा पूर्व सचिवसहित ५ जनालाई ‘क्लिन चिट’

भ्रष्टाचार मुद्धामा प्रदेश सचिवसहित ५ जनाले सफाई पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७९ वैशाखमा लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेकोमा उनीहरुले सफाई पाएका छन् ।

बिज्ञापन

अख्तियारले प्रदेश सचिव अधिकारीसँगै, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी समेतले संस्था उपर गैरकानुनी लाभ तथा हानी पुरयाई भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेषमा मुद्धा चलाएको थियो ।

बिज्ञापन

प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं‍ ५ बुटवल, रूपन्देहीको कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत आब २०७५ ७६ मा किसानहरुलाई कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रालि भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी फारम भराई सोही अनुसार रकम लिएको, मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको उजुरीको आधारमा तत्कालीन प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन नगरी ७ वटा मिनीटेलरको छ लाख २२ हजार पाँच सय रुपैयाँ झुटो बिल भरपाईका आधारमा दोहोरो भुक्तानी गरी भ्रष्टाचार गरेको अख्तियारको दावी छ।
उनीहरु माथि ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो ४३ लाख ३७ हजार ५ सय कायम गरी तीन महिना देखि ३ वर्षसम्म कैद र बिगो बमोजिमको जरिवानाको मागदाबी सहित मुद्दा दायर गरेकोमा विशेषबाट क्लिन चिट पाएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष