१७ लाख रुपैयाँ बराबरका भन्सार छलेको सामान बरामद

भैरहवा । रुपन्देहीस्थित सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेड क्वार्टरबाट खटिएको मोबाइल गस्ती टोलीले भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको टोलीले बुधबार बिहान उक्त सामान बरामद गरेको थियो ।

बिज्ञापन

गणले प्रेस विज्ञप्तिमार्फत जनाएअनुसार विशेष सूचनाका आधारमा सियारी गाउँपालिका–७ स्थित कनरीबाट समान बरामद गरिएको हो । सशस्त्र प्रहरीका अनुसार जिल्लाको विभिन्न क्षेत्रबाट भन्सार छलेर १७ लाख ५४ हजार २ सय ९० रुपैयाँ मूल्यका सामान मुलुकतर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।बरामद सामानमा कस्मेटिक सामान, चप्पल र खाद्यान्न रहेका छन । ढुवानीमा प्रयोग भएको लु १ ज ३५१० नम्बरको छोटा हात्ती गाडी बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको न्यौपानेले जानकारी दिए ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष