अनपढ भनेर कर्मचारीले हेप्न खोजेको मेयरको गुनासो

रौतहटको फतुवा बिजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनले अनपढ भनेर कर्मचारीले आफूलाई फसाउँन खोजेको आरोप लगाएकी छन्।

बिज्ञापन

केही दलका नेता र नगरकै जनप्रतिनिधिको ईसारामा आम्दानी भन्दा बढी खर्चमा हस्ताक्षर गराई कर्मचारीले आफूलाई फसाउँन खोजेको मेयर खातुनले आरोप लगाएकी हुन्। आन्दोलनरत शिक्षकलाई तलब ख्वाउने बहानामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत मिलेर नगरसभाको निर्णय बिपरित रकम निकासा गराई नियतबस आफूलाई फसाउँन खोजेको दाबी गरेकी छन्।

बिज्ञापन

तर प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र लेखा अधिकृत नवीन कुमार यादव केही जनप्रतिनिधिको ईसारामा वडाको सिलिङ्ग बढाएर प्रत्येक वडामा ७५ लाख देखि ८१ लाख पुर्याएको कार्यवाहक मेयर खातुनले बताईन्।

केही जनप्रतिनिधि र कर्मचारीकै कारण तत्कालीन मेयर गोपाल राय यादव अख्तियार द्वारा दोषी ठहर भएका थिए, त्यो सब जानी जानी कुन हिसाबले आम्दानी भन्दा साढे तीन करोड बढी खर्च देखाईएको रेडबुकमा कार्यवाहक मेयर खातुनले हस्ताक्षर गर्ने सेराजले प्रश्न गरेका छन्।

बिज्ञापन

गलत गरिरहेका कर्मचारी माथी एकदुई दिनभित्रै कारवाहीको लागि उजुरी दिने र नियमसंगत रूपमा रकम निकासाको लागि पहल गर्ने उनले जानकारी दिएका छन।प्प्ररमुख शासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र लेखा अधिकृत नवीन कुमार यादवलाई प्रतिक्रियाको लागि पटकपटक फोन सम्पर्क गर्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष