जर्नेलको फुलीमै ज्यादती

गत वर्ष पुरानो गोरख गणका कर्णेल राजेश्वर अनिल र १ र २ नम्बरमा पदोन्नति हुन सफल भए । बोर्ड त देखाउनका लागि मात्र हो, सबै काम सैनिक सचिव गौरव केसी र प्रभुराम चिफको इच्छाअनुसार भएको जो–कसैलाई थाहा छ, प्रत्येक महिना ३/४ जनाको दरले विशेष र मानार्थ बढुवा हुने गरेकोले नेपाल आर्मीमा गज्जब छ ।

बिज्ञापन

यम सापकोटा सम्धी राजीनामा दिएर घर बसेपछि कार्की ब्याङ्क्वेटलाई छोराको बिहेको भोजको पैसा नबुझाएको ताकेतामा छन् । निकुञ्जमा घर बनाउन दिएको रकम माओवादी ठेकेदारको मिलेमतोमा घर नै नबनाई अग्निप्रसाद सापकोटाका कारण भ्रष्टाचारबाट बच्न सफल कृष्णप्रसादको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सैनिक मुख्यालयमा सुरक्षित छ, उनै मेजर जर्नेल हुने ।

बिज्ञापन

राजेन्द्र र पूर्णचन्द्रको भाञ्जा शिशिर केसी, जसले कल्याणकारीको रकमले कीर्तिपुरमा १५० रोपनी जग्गा खरिद गर्दा २३ रोपनी आफ्नो बनाउन भ्याए । सेनाको हरेक तालिममा सधैँ लाष्ट, स्टाफ कलेज त ५ पटकमा बल्ल–बल्ल पास, उनैले हाल ९ करोडको घर खरिद गरेका छन् । सम्पत्तिको स्रोत देखाउन नपर्ने तर मेजर जर्नेल उनै हुने । १४ बाहिनीका खरेल हेरेको हेर्‍यै ।

संकटकालमा विद्रोहीलाई राम्रै सहयोग गरेका कुमारबाबु थापा मेजर जर्नेल र तक्माले पुरस्कृत हुने । हुँदा हुँदा ३ पटकसम्म असाधारण साहस देखाई आत्महत्या प्रयासबाट बच्न सफल विष्ट कर्साबलाई समेत जर्साब हुने अवसर ! पद मात्र बढेर हुँदैन, क्षमता र हैसियत पनि हुनुपर्छ । समाजले पनि स्वीकार गर्नुपर्छ ।

बिज्ञापन

दुई जनाको अगाडि दुई शब्द बोल्नुपर्‍यो भने थरथर काम्ने, युनिट कमाण्डर हुँदा कहिल्यै फौजको अगाडि उभिएर दुई शब्द बोल्न नसक्ने यो कस्तो व्यवस्था ल्याउनुभयो चिफसाब ? माथिका दुईतारे जर्साबहरूबारे युनिट र कमाण्डरहरूसँग स्वतन्त्र भएर रिपोर्ट माग्नुस्, पश्चाताप हुनेछ । मन्त्री पदजस्तो दुईतारे जर्नेलको पदलाई पत्रु बनाउन भएन । (साभार:जनआस्था साप्ताहिकबाट)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष