पलको गाउँमा समीक्षा ‘बहिष्कृत’

अभिनेता पल शाहको गृह जिल्ला दाङमा गायिका समीक्षा अधिकारीलाई स्थानीयले ‘बहिष्कार’गरेका छन् । होली विशेष कार्यक्रममा गीत गाउन हिजो तुल्सीपुर पुगेकी समीक्षा दर्शक नआएपछि त्यसै फर्किनुपरेको हो ।

बिज्ञापन

तुलसीपुरस्थित प्राकृतिक कला केन्द्रले चैत ९ देखि १२ गतेसम्म ‘होली फेस्टिभल २०८०’आयोजना गरेको छ । समीक्षाले हिजो साँझ पाँच बजे प्रस्तुती दिने कार्यक्रम थियो ।

बिज्ञापन

जसअनुसार समयमै कार्यक्रमस्थल अरनिको मैदान पुगेकी उनलाई दर्शकको साथ मिलेन । मैदानमा जम्मा दुई दर्जनजति मात्रै दर्शक देखिएपछि समीक्षाले आयोजकसँग माफी माफ्दै गीत नगाउने निर्णय गरेको बताइएको छ ।

उनको निर्णयमा सहमत भएको आयोजक पक्ष पनि पारिश्रमिक दिएर फर्काउन तयार भयो । तर, गीत नगाएकाले पारिश्रमिक नलिने भन्दै समीक्षा कार्यक्रमस्थलबाट बाहिरिएको बुझिएको छ ।

बिज्ञापन

पल शाहमाथि जबर्जस्ती करणी आरोप लगाएपछि समीक्षालाई दाङमा प्रतिबन्ध लगाइएको थियो । त्यसैको प्रभाव हिजो तुल्सिपुरमा देखिएको अड्कल गरिएको छ ।

यसअघि पनि दाङका विभिन्न कार्यक्रमहरुमा उनीविरुद्ध नाराबाजी हुने गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष