यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरु

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राजीनामा स्वीकृत,नियुक्तिदेखि आयोग खारेजसम्मका निर्णयहरु गरेको छ ।
पुर्नगठित मन्त्रिपरिषद्को चौथौं बैठकले भूमी आयोग विघटनदेखि योजना आयोगमा ४ सदस्यको नियुक्ति सहितका विभिन्न १६ निर्णय गरेको हो ।
हिजोको क्याविनेट बैठकले आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा। कुसेन्द्रबहादुर महत, प्रा डा शिवराज अधिकारी र डा अरनिकोकुमार पाण्डेलाई नियुक्त गरेको छ ।
यस्तै श्रम सचिव केवल भण्डारीको राजीनामा स्वीकृत गरेको छ भने सहसचिव चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

सोही बैठकले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी नेतृत्वको प्रतिनिधिमण्डललाई चैत ११ गतेदेखि १९ गतेसम्मका लागि चीन भ्रमण गर्न स्वीकृति दिएको छ।

बिज्ञापन

यस्तै, हिजैको बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्‍यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पूर्व एआइजी पुस्कर कार्की र चार्टर्ड अकाउन्टेन्ट सञ्जीव मिश्र सदस्य रहने गरी आयोग गठन गरेको हो ।

मन्त्रिपरिषद्का निर्णयहरु हेर्न यहाँ क्लिक गर्नुहोस

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष