पौडेल सचिवमा बढुवा,भण्डारीको राजीनामा स्वीकृत

आज बसेको मन्त्रिपरिषद्को बैठकले एक जना सचिवको राजीनामा स्वीकृत गरेको छ भने अर्का एक सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त सदस्यहरुमा संगीता सिंह, कुसेन्द्रबहादुर महत, शिवराज अधिकारी, अरनिकोकुमार पाँडेलाई नियुक्त गरेको छ । यस्तै श्रम सचिव केवल भण्डारीको राजीनामा स्वीकृत गरेको छ । भण्डारी यही ११ चैत्रदेखि सेवा हद पूरा गरेर अवकाशमा जाँदै थिए ।
यस्तै आजको क्याविनेटले वरिष्ठ सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।पौडेल यसअघि २ पटक सचिव बढुवा सिफारिसमा परिसकेका थिए ।

बिज्ञापन

बढुवा सिफारिस समितिले चूडामणि पौडेल,डा हरि लम्साल र केदारनाथ शर्माको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस पौडेललाई सरकारले सचिवमा बढुवा गरेको हो । उनको पदस्थापन पनि कर्णालीमै हुने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष