२० हजार घुस सहित अख्तियारको फन्दामा दुई प्रहरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा नेपाल प्रहरीका दुईजना प्रहरी परेका छन्। महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झा २० हजार घुस सहित अख्तियारको फन्दामा परेका हुन् ।

बिज्ञापन

जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा दुबैजनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ । दुबैजनालाई गैरी टोलबाट नियन्त्रणमा लिएको अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

बिज्ञापन

स्थानीय एक व्यक्तिले ठेक्का लिएको जग्गाको विवादमा अदालतमा छलफल गराइदिने भनी उनीहरुले ३०÷४० हजार रुपैयाँ घुस मागेका थिए । सेवाग्राहीले अख्तियारमा दिएको पूर्व उजुरीको आधारमा पछ्याएर २० हजार रुपैयाँ नगदसहित रंगेहात पक्राउ गरेर दुबै जनामाथि थप अनुसन्धान सुरु गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष