भैरहवाबाट भन्सार छलेर भित्र्याइएका जुत्ताचप्पल बरामद

भैरहवा । सशस्त्र प्रहरीले भन्सार छलेर भित्र्याइएका करिब चार लाख रुपैयाँ मूल्यका जुत्ताचप्पल बरामद गरेको छ ।सशस्त्र प्रहरी बल २७ नम्बर गणबाट खटिएको मोवाइल गस्ती टोलीले बुटवल–१३, बाट जुत्ताचप्पल बरामद गरेको हो ।सशस्त्र प्रहरीद्वारा जारी विज्ञप्तिमा लु १ च ५७९१ नम्बरको बोलेरो गाडीमा भारतबाट ल्याइएका ३ सय ६० थान जुत्ता र ३ सय ५७ जोर बच्चाको चप्पल बरामद गरिएको उल्लेख छ ।

बिज्ञापन

बरामद जुत्ता चप्पलको बजार मूल्य ३ लाख ९९ हवार ३ सय ३० रहेको छ । त्यस्तै, बरामद गाडीको मूल्य ९ लाख बराबर रहेको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा गाडी चालक रुपन्देहीको सम्मरीमाई–७, बेतकुँइयाका २४ वर्षीय रविन्द्र यादवलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको उल्लेख छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष