मन्त्रीको भ्रमण रद्ध,जम्मो टोली बोकेर सचिव उडे अमेरिका

अन्तत महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण क्यान्सिल भएको छ । मन्त्री चौधरी ११ देखि २२ मार्चसम्म अमेरिकामा आयोजना हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमनु सम्मेलनमा भाग लिन ६८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क उड्ने कार्यक्रम तय भएको थियो ।  क्याविनेटले स्वीकृत गरिसकेको अवस्थामा मन्त्री आफैँले भ्रमण स्थगित गरेर सचिवको नेतृत्वमा टोली अमेरिका पठाएकी छिन् ।

बिज्ञापन

 

बिज्ञापन

गत २३ फागुनमा महिला बालबालिका मन्त्री नियुक्त भएकी भगवती चौधरीलाई अमेरिकामा हुने कार्यक्रममा पठाउने निर्णय गरेको थियो क्याविनेटले ।  २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री चौधरीलाई अमेरिका भ्रमणमा पठाउने निर्णय पनि गरेको थियो । अन्तमा उक्त भ्रमण आफैँले स्थगित गरेकी हुन ।   अन्तमा  सचिव सुमनराज अर्याललाई ६८ सदस्यीय प्रतिनिधिमण्डल त्यता पठाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज जसपालाई समेत समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन् । जसपालाई पनि समेटेपछि प्रधानमन्त्री प्रचण्डले यही ३० गते संसदबाट विश्वासको मत लिने तयारीमा छन् । सोही कारण मन्त्री चौधरीलाई अमेरिका भ्रमणमा नपठाइएको बताइएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष