नारी दिवस !

बिहान ४ बजे गाग्रो बोकेर

बिज्ञापन

घरबाट केहि टाढा

बिज्ञापन

पधेरामा लामबद्ध

दार्चुलाका दिदी बहिनी

बिज्ञापन

 

बिहानको घर धन्दा सक्ने बित्तिकै

११ वर्षकी छोरी लिएर

घाँसको जोहो गर्न निस्किएकी

कालिकोटकी महिला,

 

दैनिक श्रीमानको कुटाई सहदै

केहि बर्ष अगाडि

चुनाव जितेकी गुल्मीकी

महिला प्रतिनिधि काकी आमा,

 

कलेज टप गरेर

नर्स पढ्न पोखरा गएकी

तर पढ्न नपाएकी

एउटी आन्दोलनरत बिद्यार्थी,

 

श्रीमानले सौता हाले पछि

अधिकारको खोजीमा

न्याँय पाइन्छ भनेर कुर्दै गरेकी

ठूला नेताकी बुहारी,

 

जनकपुरमा बिहे गरेर

घरजम सम्म हुन नपाउदै

दाइजोको निहुँमा सासुले

जीउँदै जलाईएकी भुनियाँ,

 

जति प्रगति गरे पनि

चुनाव जिते पनि

देशको प्रतिनिधित्व गर्दै

बिदेशमा

महिला अधिकारका कुरा गरे पनि

घरमै पिडित

झापाकी दिल कुमारी,

 

दार्चुलाका दिदि बहिनी

कालिकोटकी महिला

गुल्मीकी काकी आमा

पोखराकी बिद्यार्थी

नेताकी बुहारी

जीउँदै जलाइएकी भुनियाँ

झापाकी दिल कुमारी

आज पनि न्याँय पाउने आशामा

घर घरमा छन्।

 

उनीहरुले न्याँय नपाए सम्म

सबै महिलाले

समान अवसर नपाए सम्म

नारी दिवस केवल दिवस मात्र हुन्छ।

शहिद दिवस जस्तै

गरिवी निवारण दिवस जस्तै

मात्र केवल दिवस हुनेछ।

©

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष