भिजिट भिसामा बिटुलिएका ६ अधिकृत :-सुटुक्क पुगे अदालत, छुटे सात लाख धरौटीमा

मानव तस्करीको गम्भीर आरोपमा मुछिएर फरार भएका सात अधिकृतमध्ये ६ अधिकृतहरु धरौटी तिरेर उन्मुक्ति पाएका छन् । एक जना फरार अधिकृतले अदालतबाट उन्मुक्ति पाएपछि अरु पाँच अधिकृतहरु पनि त्यसैलाई टेकेर पालैपालो अधिकृतहरुको जिल्ला अदालतमा लाइन लाग्छन् र उन्मुक्ति पाउँछन् ।

बिज्ञापन

प्रसग हो,नक्कली भिजिट भिषा प्रकरणमा डामिएका सात भाइ अधिकृतको । अदालतमा मुद्धा मामिला चलेपछि एक भाइ हङ्गकङ्ग र अर्काे भाई अष्ट्रेलिया पुगेको अनुसन्धान अधिकारीहरुको दावा थिए । अर्काे एक किरियामा बसेका थिए बाँकी ४ जना पनि फरारकै सूचीमा थिए तर अस्ति फागुन ९ गतेदेखि १६ गतेसम्म लगातार १/१ जनाको दरले अदालतमा उपस्थित हुँदै अदालतमा धरौटी बुझाएर उन्मुक्ति पाएका छन् ।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतका अनुसार फागुन ९ गते न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासबाट एक जना अधिकृत सात लाख धरौटीमा छुटेपछि बाँकी ५ जना पनि पालैपालो त्यही बाटोबाट छुटेर पुन अध्यागमनमै फर्किएका छन । नक्कली भुटानी शरणार्थीजस्तै अपराध मानिएको यो प्रकरणमा डामिएका अधिकृतहरु थिए, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो । गत मंसिर २६ गते अध्यागमन अधिकृत नरवीर खड्कालाई भिजिट भिसामा सेटिङ गरेवापत २ लाख रुपैयाँ घुस लिँदै गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । उनले अध्यागमन अधिकृतहरुले दैनिक ४५ हजारसम्म उठाउने गरेको बयान दिएका थिए । त्यहाँ रकम उठाउनका लागि समिति नै रहेको उनले बयान समेत दिएका थिए । नरबीर पक्राउ परेसँगै अरु सात जना अध्यागमन अधिकृतहरु फरार थिए ।

तिमध्ये एक अष्ट्रेलिया र अर्काे भागेर हङकङ पुगेको प्रहरी अधिकारीहरुको भनाई थियो तर काठमाडौं जिल्ला अदालतका न्यायधीश सुमन कुमार न्यौपानेको इजलाशबाट भगौडा अधिकृतले सात लाख तिरेर सफाई पाएसँगै फागुन ९ देखि १६ सम्म  दैनिक एक एक जनाका दरले ६ जना अधिकृतहरु नै सात सात लाखका दरले धरौटी बुझाएर रिहा भएका बताइएको छ । १० फागुनमा न्यायाधीश दीनबन्धु बराल,१३ फागुनमा न्यायाधीश डा राजेन्द्रकुमार आचार्यल,१४ गते न्यायधीश शिवलाल पाण्डेय,१५ गते कपिलमणि गौतम र १६ फागुनमा पदमराज पाण्डेयको इजलासबाट ६ जना अधिकृतहरु जनही सात लाख धरौटी तिरेर रिहा भएका हुन । पक्राउ पूर्जी जारी भए लगतै किरियामा बसेका ताराबहादुर कुँवर मात्रै फरार रहेको बताइएको छ । जनही सात लाख तिरेर पुन कार्यालयमै फर्किएसँगै अध्यागमनमा फेरि भिजिट भिसाको नाममा खेलोमेलो शुरु भएको स्रोतको दावा छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष