“नक्कली औषधी पसल र नक्कली बिक्रेता नियन्त्रणमा “

बांके जिल्लाको डुडुवा गाउँपालिकाको वडा न.६ चौधरिपुर्वा भन्ने स्थानबाट एक जना नक्कली औषधि बिक्रेतालाई बांके प्रशासनले पक्राउ गरि निजको नक्कली औषधि पसल समेत शिल गरेको छ ।

बिज्ञापन

बिकास लखेर नाम गरेको निज नक्कली बिक्रेता संग औषधि बिक्री गर्ने न त कुनै योग्यताको प्रमाण पत्र छ, न त उनको उक्त पसल प्रचलित कानून बमोजिम दर्ता नै भएको छ ।

बिज्ञापन

रोचक कुरा त के छ भने उक्त पसलमा रहेका ७५ % बढी औषधी म्याद गुजृएका छ्न भने बांकी औषधीहरुको उपयोग म्यादमा पनि हातैले over right गरि थप गरिएको पाइएको छ । अझ बरामद भएका केही औषधिहरु जस्तै भिगो टृप्पल एक्स , डर्मिकेम , कम्बिनेसनमा भएका अन्य केही थप औषधिहरु नेपालमा उपयोग गर्न समेत निषेध गरिएको प्रकृतिका रहेका छ्न ।

नक्कली बिक्रेता बिकास लखेरलाई नियन्त्रणमा लिइएको छ भने नक्कली औषधि पसललाई शिल गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जनाउनुभएको छ ।

बिज्ञापन

औषधि ब्यवस्था बिभाग शाखा कार्यालय नेपालगन्जसंग समन्वय गरि नक्कली बिक्रेता निज बिकास लखेरलाई औषधि बिक्री बितरण संबन्धी प्रचलित कानून बमोजिम कारवाहि गरिने प्रजिअ पोखरेलले बताउनु भयो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष