१७ मन्त्रालयको भागबण्डाः सामान्य प्रशासन कसलाई ?

सत्ता साझेदार दलहरुबीच १७ मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । एमालेबाट ८, माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । जसमा तीन उपप्रधानमन्त्री हुनेछन । एमालेको तर्फबाट सरकारको नेतृत्व रघुबीर महासेठले गर्दैछन् । उनलाई उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्यमा पठाइने भनिएका पदम गिरीलाई कानुन न्याय तथा संसदीय मामिला,ह िउप्रेतीलाई रक्षा,यस अघि छोटो समय महिला बालिका मन्त्री भएकी भगवती चौधरीलाई यस पटक पनि सोही मन्त्रालय दिइएको छ भने राजेन्द्र राईलाई खानेपानी,दामोदर भण्डारीलाई उद्योग,ज्वालाकुमारी साहलाई कृषि र बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

माओवादीका तर्फबाट पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र,अर्थमा वर्षमान पुन,यस अघि उर्जा मन्त्री रहेका शक्ति बस्नेत र रेखा शर्मालाई सञ्चारकै जिम्मेवारी दिइएको छ भने हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयमा पठाइएको छ ।

बिज्ञापन

रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृह,डीपी अर्याललाई श्रममै पठाइएको छ भने विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद र सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।तीन पार्टीले सिफारिस गरेका मन्त्रीहरूमा जम्मा तीन जना नयाँ अनुहार देखिएका छन्। बाँकी सबै जना पहिल्यै मन्त्री भइसकेका व्यक्ति नै दोहोरिएका छन्।

शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अहिले बाँकी छ । यी मन्त्रालयमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई दिइने बताइएको छ । स्रोतका अनुसार जसपालाई स्वास्थ्य र वन र एकीकृत समाजवादीलाई शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भवना रहेको छ । एकीकृत समाजवादी स्रोतका अनुसार सामान्य प्रशासनमा भानुभक्त जोशी र शहरी विकासमा धनबहादुर बुढा मन्त्री बन्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष