हाकिमदेखि ठेकेदारसम्म भ्रष्टाचारमा संलग्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपुर्याइ काम गरेकाले भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

तत्कालिन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले उनीसहित इन्जिनियर मदन राय, सबइन्जिनियर सरोजकुमार यादव र गुन्जा कन्स्ट्रक्सनका प्रोपराइटर गोविन्दप्रसाद मण्डलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

गुन्जा कन्स्ट्रक्सनका प्रोपराइटर मण्डलले सर्त एवं सम्झौताबमोजिमको कार्य नगरेको र गरेको भन्दा बढी मूल्यांकन गराई भुक्तानी लिएको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम तीन लाख ४७ हजार रुपैयाँ बिगो मागदाबीसहित कैद र जरिवानाको माग गर्दै उनीहरुविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष