बलात्कारी पनि दुई प्रकारका हुने रहेछन् : गायिका अधिकारी

गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् ।

बिज्ञापन

फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनले यस्तो माग गरेकी हुन् ।सालिनको तस्बिरसँगै राखिएको पोस्टमा समीक्षाले ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्’ भनी उल्लेख गरेकी छन्।

बिज्ञापन

जसमा उनले पहिलो नम्बरमा ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ भनेर नामकरण गर्दै त्यस्ता प्रकारका बलात्कार ‘जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्’ भनेर टिप्पणी गरेकी छन्।

दोस्रो प्रकारका बलात्कारीमा ‘जबरजस्ती गर्ने बलात्कारी’ भनेर उल्लेख गरेकी छन्। जसबारे उनले ‘जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्’ भनेर टिप्पणी गरेकी छन्।

बिज्ञापन

चितवनको रत्नगरमा एक होस्टेलमा पोखरेलको शव भेटिएको थियो । उनका बाबुले छोरीमाथि बलात्कार भएको बताउँदै आएका छन् भने प्रहरीले यो आत्महत्या भएको निष्कर्ष निकालेको छ ।

 

गायिका अधिकारीले यही विषयमा सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष