सशस्त्रद्वारा लोड गरेको पेस्तोल बरामद

सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीले आज गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, इनरुवाबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउन्ड गोली सशस्त्र प्रहरीले बरामद गरिएको हो ।

बिज्ञापन

बोर्डर आउट पोष्ट सखुअवाबाट शुक्रबार साँझ ८ बजे खटिएको गस्ती टोलीले चेक प्वाइन्ट थापेर जाँच गर्ने क्रममा हतियार बरामद भएको छिन्नमस्ता बाहिनीका नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र शाहले बताए। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एक्स ७७१३ भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर भाग्ने क्रममा उनीहरुले बोकेको हतियार खसेको थियो । ती दुवै व्यक्ति भारततर्फ नै फरार भएका छन् ।

बिज्ञापन

गोली लोड भएको अवस्थामा पेस्तोल बरामद भएपछि कसैलाई मार्ने उद्देश्यले आएको हुनसक्ने आकलन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष