भ्रष्टाचार मुद्धामा उपसचिवसहित पाँच जनालाई सफाई

भ्रष्टाचार मुद्धा खेपिरहेका उपसचिवसहित पाँच जनालाई विशेष अदालतले सफाइ दिएको छ । बर्ष दिन अगाडि अर्थात गत मंसिर चार गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–४ स्थित गैराज्युला सिँचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपसहित उपसचिवसहित ५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा दायर गरेको मुद्धामा विशेषले उनीहरुलाई क्लिन चिट दिएको हो ।

बिज्ञापन

सफाइ पाउनेमा कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा तपेन्द्रबहादुर शाह, सब–इन्जिनीयर महेश बुढ्थापा, गैराज्युला कृषि सिँचाइ निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँचबहादुर सेजुवाल, सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या छन् ।

बिज्ञापन

मुगु छायाँनाथ रारा नगरपालिका–४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा यथार्थ र वास्तविक नाँपजाच गरी कार्य मूल्यांकन गर्नुको साटो बदनियत राखी नभए तथा नगरेको कुरा देखाई योजनास्थलमा वास्तविक भएको कामभन्दा बढी रकम मूल्यांकन गरी झूटा बिल भरपाई, नापी किताब, मूल्यांकन बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २ लाख ११ हजार ३१६ रुपैयाँ बढी भुक्तानी गरेर भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार विशेषमा पुगेको थियो। विशेषले उक्त मुद्धामा प्रतिवादीहरुलाई हिजो सफाइ दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष