पौने आठ करोड अकुत आर्जन मुद्धामा पूर्व उपकुलपतिलाई ‘क्लिन चिट’

अख्तियारले मेलम्ची खानेपानी आयोजनाको पौने आठ अर्वको बढी भ्रष्टाचार मुद्धा दायर गरेकै दिन विशेष अदालतले पौने आठ करोड भ्रष्टाचार मुद्धा खेपिरहेका पूर्व उपकुलपतिलाई सफाई दिएको छ । आइतबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा चार पूर्व सचिवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा, मुकुन्द पौडेल र गजेन्द्र ठाकुरलगायत १७ जनाविरुद्ध भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा मेलम्चीको ठेक्का सम्झौता गर्दा कानुनले तोकेभन्दा बढी पेश्की मोबिलाइजेशन गरेको आरोपमा विशेषमा मुद्धा चलाएकै दिन विशेषले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालिन उपकुलपति डा बलभद्र प्रसाद दासलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्धामा सफाइ दिएको हो ।

बिज्ञापन

डा दासले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० गैरकानुनी सम्पति आर्जन गरेको भन्दै अख्तियारले ३० भदौं २०७७ मा विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । आरोप पत्रमा डा दासले अवैध रुपमा आर्जन गरेको सम्पत्ति जफतसहित कारबाहीको माग गरेको थियो । अख्तियारले डा दास सार्वजनिक पदमा प्रवेश गरेको जुनियर रजिष्टर्ड देखि उपकूलपति र त्यसपछि प्रतिष्ठानमा प्राध्यापक पदमा रहेको अवधि २०५० देखि २०७६ सम्म उक्त रकम अवैध रुपमा आर्जन गरेको आरोपसहित प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । डा बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय रू ७,६०,१०,४८९।८० आर्जन गरेको र सोही अवधिमा १५ करोड ३२ लाख ०३ हजार ३५० रुपैंया खर्च तथा लगानी गरेको पुष्टि हुन आई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने पौने आठ करोड को खर्च तथा लगानीको स्रोत खुल्न नआएको’ अख्तियारद्धारा दायर गरिएको आरोपपत्रमा उल्लेख थियो तर आजै (आइतबार) विशेष अदालतले उनलाई सफाइ दिने फैसला गरेको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष