ललिता निवास जग्गा प्रकरण :- मन्त्रीलाई सफाई,सचिवहरुलाई सजाय

ललितानिवाससम्बन्धि भ्रष्टाचार मुद्दामा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् भने पूर्वसचिवहरु दोषी ठहर भएका छन् । बिशेष अदालतले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रराज जोशीले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविराज पन्त दोषी ठहर भएका छन् । बिशेष अदालतले सो मुद्दामा फैसला सुनाउँदै दुवैलाई जनही २ वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्दा भ्रष्टाचार गरेको अभियोगमा उनीहरु दोषी ठहर भएका हुन् । त्यतीबेला बस्नेत भौतिक योजना मन्त्रालयका सचिव थिए भने पन्त भुमीसुधार मन्त्तालयमा थिए । पूर्वसचिव दिनेशहरी अधिकारीले भने निर्दोष ठहर भएका छन्।

विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाएको हो । यो मुद्दामा मुख्य बिचौलिया शोभाकान्त र रामकुमार सुवेदीसहित १२ जनालाई मुख्य कसुरदारको रुपमा सजाय भएको छ ।
अन्य केही कर्मचारी दोषी ठहर भएका छन् भने केहीले सफाइ पाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष