घरबाटो सिफारिस गर्न ५ लाख घुस खाने वडाअध्यक्षविरुद्ध मुद्धा दायर

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस लिएको ५ लाख रुपैयाँसहित पक्राउ परेका कार्कीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगका अनुसार घरबाटो सिफारिश गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए । सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले कार्की क्षेत्रीलाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

बिज्ञापन

आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष