एक दर्जन न्यायाधीशको सरुवा

उच्च र विभिन्न जिल्लाका एक दर्जन न्यायाधीशको सरुवा भएको छ । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतका तीन र विभिन्न जिल्ला अदालतका नौ गरी १२ जना न्यायाधीशको काज सरुवा गरेको बताइएको छ ।

बिज्ञापन

प्राप्त विवरणअनुसार उच्च अदालतका न्यायाधीशहरुमध्ये रामेश्वर रेग्मी सुर्खेतबाट पाटन सरुवा भएका छन् । त्यस्तै, काजीबहादुर राई सुर्खेतबाट विराटनगर र विष्णुप्रसाद अर्याललाई तुलसीपुर, बुटवल इजलासबाट तुलसीपुर पुर्याइएको छ ।

बिज्ञापन

जिल्ला अदालतका न्यायाधीशहरुमध्ये ऋषिराम आचार्य कास्कीबाट ललितपुर सरुवा भएका छन् । हरिप्रसाद कोइराला सुनसरीबाट कास्की, अवनी मैनाली भट्टराई कास्कीबाट मकवानपुर र प्रमेश पोखरेललाई तेह्रथुमबाट पर्सा लगिएको छ ।

तेजबहादुर खड्कालाई रौतहटबाट झापा र भीमबहादुर निरौलालाई झापाबाट तेह्रथुम पठाइएको छ । त्यसैगरी, दयाराम ढकाल डडेलधुराबाट चितवन, बाबुराम सुवेदी नवलपुरबाट मोरङ र कुलप्रसाद पाण्डे दाङबाट नवलपुर सरुवामा परेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष