सदाचारीतामा ह्रास आएको अवस्था

सकारात्मक सोच,बानी,बेहोरालाई सदाचार भनिन्छ। यो शब्द आचार मा सत् उपसर्ग लागेर बनेको छ। त्यसैले राम्रो ब्यबहारलाई सदाचार भनिन्छ। सदाचार हरेक नागरिकमा अपेक्षा गरिने विषय हो तर समाजका अग्रज, घरको मूली, नीति निर्माता, राज्यका प्रमुख, सेवा प्रदायकहरू ,राजनीतिक दलका पदाधिकारीहरूमा त यसको अपेक्षा बढी नै गरिन्छ। सदाचार त आवश्यक छ तर यस्को स्कुलिंग कहां कहां हुनु पर्ने हो र ती संस्थाहरूबाट कुन हद सम्म यसको स्कुलिंग भएको छ त ! त्यस तर्फ हेरौ। सदाचारको पहिलो स्कुल घर, परिवार हो। घरको मूली वा मूल मानिस यसको शिक्षक हुन्। सर्वप्रथम उनैबाट सदाचारको भूमिकाको अपेक्षा गरिएको हुन्छ। उनी सदाचारको मामलामा आफै उदाहरणीय भएर परिवारका सदस्यलाई यसको पाठ सिकाउनु पर्ने हुन्छ। नेपालको सन्दर्भमा यसको भूमिकामा आमा बाबु रहने गर्छन्। कुनै पनि आमाबाबुले आफ्नो सन्तान सदाचारी नहोस् भन्ने चाहेको हुदैन तर यो सदाचारीपनलाई सम्पन्नता संग मात्र जोड्ने परिवारहरू हाम्रो समाजमा पर्याप्त रूपमा पाईन्छन्। जब सम्पन्नतालाई गुणात्मकतामा नढालेर संख्यात्मकता तिर लैजान खोजिन्छ भने त्यहां सदाचारिताको अभाव हुन जान्छ। संख्यात्मक सम्पन्नताले अनाबश्यक प्रतिस्पर्धा गर्न प्रेरित गर्छ।

बिज्ञापन

आफ्नो सन्तान सदाचारी रहोस् भन्ने चाहना गर्नुको सट्टा प्रसस्त धन सम्पति आर्जन गरोस्, पुस्तौ पुस्तालाई ब्यबस्था गरोस् भन्ने कामना गर्ने हो भने परिवार सदाचारको विद्यालय बन्न सक्दैन। खास भन्ने नै हो भने हामीहरूको वर्तमान पारिवारिक सोच र ध्येय यस्तै भौतिक सुखमा केन्द्रित भएको पाईन्छ। त्यसै गरी सदाचार सिक्ने दोश्रो स्कुल हो समाज । समाज सबै परिवारको ठूलो रूप हो। परिवारको सामुहिक रूप समाज भए पछि समाजमा परिवारका विशेषताहरू स्वभावतः विद्यमान हुन्छन्। तै पनि घर परिवारमा व्यक्तिगत रूपमा देखिने विकृति वा विसंगतिहरूको प्रतिबिम्ब स्पस्ट रूपमा समाजमा देखिदैन र यहा गरिने कुराहरूमा सकारात्मकता पनि हुन्छ। घर घरमा हुने विकृति विसंगतीले समाजमा स्थान नपाउन सक्छ। अर्को अर्थमा सकारात्मक घर भएको समाज सदाचारी नै हुन्छ। सदाचारीताको तेश्रो स्कुल विद्यालय हो। विद्यालयमा पढाईने पाठ्यक्रममा समावेश गरिने सदाचार सम्बन्धी विषय बस्तुले त्यो ब्यक्तिलाई सदाचारी बनाउन मद्दत गरेको हुन्छ। घर परिवार पछि मानिसलाई कुन स्तरको सदाचारी बनाउने अनौपचारिक भूमिका समाजको रहेको हुन्छ भने औपचारिक भूमिका विद्यालयको हुन्छ। समाज बलियो नभएका देशहरू पनि छन्, यस्तो अबस्थामा सदाचार सम्वन्धी शिक्षा दिने दोश्रो स्कुल विद्यालय नै हुने गर्छ। खासगरी पश्चिमा समाजमा यस्तो विशेषता रहने गर्छ।

बिज्ञापन

आजभोली हाम्रो पूर्वीय समाज समेत सदाचारी शिक्षा दिने मामलामा चुक्दै गएको अनुभूति हुदैछ। हाम्रा विद्यालय र तिनीहरूले दिने शिक्षा आजभोली बढी ब्यबसायिक हुन गै रहेको छ। यसैले नैतिकता र सदाचारितालाई प्रत्यक्ष रूपमा अध्ययन अध्यापन गराउन छोडेको अनुभूति गरिदै छ। वर्तमान शिक्षा प्रणाली अन्तर्राष्ट्रिय स्तरको बनाउने नाममा यसले सदाचारिताको मार्ग छोड्दै गएको पाईन्छ। त्यसैले यस्तो शिक्षाको उत्पादनले नाफा मूलक मार्गलाई पछ्याएको पाईन्छ। यसै कारण यो शिक्षाले सदाचारी मार्गलाई ओझेलमा पारेको छ। हाम्रो राजनीतिमा, हाम्रो नीति निर्माण तहमा र नीति कार्यान्वयनको तहमा काम गर्ने जन शक्तिमा स्वभावैले सदाचारिताको अभाव रहेको पाईन्छ। नेपालमा पढाईने शैक्षिक पाठ्यक्रम नेपालीले चाहेका आधारमा हुन्छ कि दातृ निकायले चाहेको आधारमा हुन्छ? यसको उत्तर सहज छ कि दातृ निकायको चाहनामा नेपालको पाठ्यक्रम बन्छ। नेपाल सरकार संग शिक्षामा लगानी गर्नका लागि आन्तरिक श्रोतको ब्यबस्था नभए जस्तो गरेर विदेशको मुख ताक्ने चलन रहेको पाईन्छ। यो चलनको शुरूवात् २०२८ सालबाट थालनी गरिएको नयां शिक्षा योजना संगै हो भन्न सकिन्छ। हो, कुनै पनि देशको शिक्षा समय सापेक्ष हुनु जरूरी छ। समय सापेक्षताको नाममा हाम्रा आफ्ना परिवेशहरूलाई नकार्न हुने थिएन। कक्षा १ देखि १० सम्मका पाठ्यक्रममा नेपाली संस्कार, परम्परा, सदाचारिता, नैतिकता जस्ता विषय बस्तुहरूले स्थान नपाएका कारण हाम्रो शैक्षिक उत्पादनमा सदाचारिता, नैतिकताको खडेरी पर्दै गएको पाईन्छ। त्यसै गरी अर्को स्कुल साथी, संगत,भेटघाट आदि हो। सदाचारको सिकाइमा यो समूहको स्थान पनि महत्वपूर्ण हुन्छ।

संगत गुनाको फल भन्ने उखानै छ, त्यसैले जस्ता साथीको संगत भयो त्यस्तै आनीवानी, आचरणको सिको हुने गर्छ। अब हेरौ, हाम्रा नेता, हाम्रा नीति निर्माता, हाम्रा सेवा प्रदायकहरूको आचरणका बारेमा। नेपालको वर्तमान राजनीतिबाट शासन सत्तामा गएका नेताहरूको आचरण सदाचारी भएको पाईएको छैन। किनभने सरकारमा बसेकाहरूले राज्यका अंगहरूमा दलीय भागबण्डाका आधारमा नियुक्ति गर्नाले यी अंगहरू बलिया हुन सकेनन्। फल स्वरूप देशमा भ्रष्टाचार रोकिन सकेन, छिटो छरितो र पारदर्शी तवरबाट न्याय प्राप्त हुन सकेन, राज्यले दिने सेवा सहज हुन सकेन, भ्रष्टचारहरू नीतिगत हुन थाले, भ्रष्टाचार नीतिगत तह मै प्रतिस्पर्धी तवरले हुन थाल्यो। हुदा हुदा नेपाल त विश्व मै भ्रष्ट देशको पंक्तिमा अंकीत हुन पुग्यो। यसले गर्दा विश्वको दृष्टिमा नेपाल उपर विश्वास घट्न पुग्यो।सदाचारिताको क्षेत्रमा नीतिगत तह र राजनीतिक वृत्तको हालत यस्तो छ भने सेवा प्रदायकहरू जो जनताको नजिक रहेर काम गर्छन् तिनीहरूमा पनि सदाचारिता गिर्दो अवस्थामा देखिएको छ। यसरी देशमा सदाचारिता निरीह भएको अवस्था छ। यसको रोकथामका उपायहरू नभएका पनि हैनन् तर यी उपायहरूले प्रभावकारी रूपमा काम गर्न नसक्नाले दूराचारका घटनाहरूले सगरमाथालाई जितेका छन्। समय लाग्न सक्छ तर सदाचारलाई दह्रो नबनाई हुदैन।

बिज्ञापन

यसको निम्ति मानवीय रोगको उपचार जस्तै यसको उपचारका लागि पनि २ वटा उपायहरू छन्- ती हुन् निदानात्मक उपाय (Preventive Measures) र उपचारात्मक उपाय (Curative Measures)। हाम्रो सन्दर्भमा उपचारात्मक उपाय त्यति प्रभावकारी छैन र प्रभावकारी नै भए पनि यसको प्रयोग अन्तिममा गरिनु पर्छ। हाम्रो घर परिवार, हाम्रो समाज, हाम्रा विद्यालयहरू निदानात्मक उपायका साधनहरू हुन्। हामीले हाम्रा नागरिकहरूलाई नैतिकवान, चारित्रिक, सांस्कारिक र सदाचारी बनाउने हो भने यसमा सर्व प्रथम हरेक परिवार जिम्मेवार हुनु पर्छ , हरेक विद्यालय समेत जिम्मेवार हुनु पर्छ, हाम्रा पठनपाठनका विषय त्यस तर्फ केन्द्रित हुनु पर्छ। अहिले हाम्रो राज्य ब्यबस्थामा सदाचारिताको अभाव हुनुका पछाडि हाम्रा निदानात्मक उपायहरू कमजोर हुनुका साथै उपचारात्मक उपायहरू कार्यान्वयन गर्ने अख्तियार, अदालत, सम्पत्ति शुद्धीकरण विभाग, महालेखा परीक्षक जस्ता निकायलाई स्वतन्त्र रूपले काम गर्न नदिनाले नै हो।

अन्त्यमा, सदाचारिता विना कुनै पनि देशको उन्नति हुदैन। हाम्रो देशका हरेक पक्षहरू यसको अभावमा खुम्चिएर रहेका छन्। देशमा भ्रष्टाचार बढ्दो छ, नेताहरू उपर भ्रष्टाचारको आरोप लागेको छ, के सत्ता पक्ष, के प्रतिपक्ष दुबै भ्रष्टाचारमा मुछिएको अवस्था छ, जनताले सरल र सहज तवरले सेवा पाउन सकेका छैनन्। यी सबै नकामका पछाडि दूराचारिताको हात छ। त्यसैले यस तर्फ राज्य पक्ष, परिवार र समाज एक भएर हरेक नागरिकलाई सदाचारी बनाउनु परेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष