आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा थपिएको छ । कात्तिक १५ देखि माघ १५ सम्म सरकारी एक घण्टा कम खुल्दै आएकोमा आजबाट देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् ।

बिज्ञापन

सरकारले गत कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ । यस्तै माघ १६ गतेदेखि कार्तिक १४ सम्म लामो दिन हुने हुँदा सरकारी कार्यालयको समय ७ घण्टा तोकेको छ । आजबाट सरकारी कार्यालय बिहान १० देखि खुलेर अपराह्न ५ बजेसम्म हुने छ ।

बिज्ञापन

सरकारले कार्यालय खुल्ने सम्बन्धी सूचना राजपत्रमा नै प्रकाशन गरेको थियो गत ०७९ साल चैत २ गते । अन्य दिन बिहान १० बजे कार्यालय खुलेर ५ बजे बन्द हुन्छ भने शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष