कोषको कार्यकारी निर्देशकमा कार्की

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गरेको हो ।

बिज्ञापन

रमण नेपालले कार्यकाल सकिएसँगै रिक्त रहेको कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका कार्की ४ बर्षे कार्यकालका लागि नियुक्त भएका हुन । कार्की नेपाल राष्ट्र बैंकको ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पाएका कर्मचारी हुन । राष्ट्र बैंकबाट अवकाश भएपछि उनी २०७३ मा ४ वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

बिज्ञापन

कोषका कार्यकारी निर्देशकका लागि अर्थ मन्त्रालयले गठन गरेको कार्यकारी निर्देशक सिफारिस समितिले पर्वतकुमार कार्कीसहित राष्ट्र बैंकको निर्देशकबाट अवकाश पाएका राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा शिवहरि श्रेष्ठ सर्ट लिस्टमा परेका थिए । जसमध्ये कार्कीसहित राजेन्द्र पण्डित र लेखनाथ शर्मा पंगेनीको नाम नियुक्तिका लागि सिफारिस भएका थिए । पंगेनी र पण्डितलाई पछि पार्दै कोषमा कार्की नियुक्त भएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष