यी हुन सर्वाधिक तलब खाने सूचना प्रविधि क्षेत्रका तीन सिइओ

अहिले सूचना प्रविधिको जमाना छ । दिन प्रतिदिन नयाँ नयाँ डिजिटल प्ल्याट फर्महरु सिर्जना भइरहेका छन् । तर, नयाँ स्टार्टअप सुरु गरेका कतिपय मानिस सफल छन् भने कोही असफल ।

बिज्ञापन

यही भीडमा हामी केही त्यस्ता पात्रहरुको चर्चा गर्दैछौ, जसले आफ्नो डिजिटल आइडिया कै कारण मासिक करोडौँ तलब खान्छन् ।

बिज्ञापन

गुगलका अनुसार यी हुन् सन् २०२३ मा सर्वाधिक तलब भत्ता तथा सेवा सुविधा लिनेहरु स्

१) टिम कूक

बिज्ञापन

उमेरले ६३ वर्ष पुगेका एप्पल इंकुका सीइओ टिम कूक सन् २०११ देखि यसै कम्पनीमा कार्यरत छन् । एमबिए र बिएस पास गरेका उनले सन् २०२३ को बार्षिक तलब भत्ता र सेवा सुविधा बापत ६३।२१ मिलियन अमेरिकी डलर लिएका छन् । जुन ८ अर्ब ३८ करोड नेपाली रुपैयाँ हो ।

यस हिसाबले उनको मासिक तलब भत्ता सरदर ६९ करोड हुन्छ । टिम कूक विश्वकै सबैभन्दा धेरै तलब बुझ्ने व्यक्ति पनि हुन् ।

२) सत्य नदेल्ला

चर्चित कम्पनी माइक्रोसफ्टुका सीइओ हुन् नदेल्ला । उमेरले ५६ वर्ष पुगेका उनी भारतको हैद्रावादमा जन्मेका थिए । उनले बिटेक, एमबिए र एमएस पास गरेका छन् ।

सन् २०२३ मा उनले वाषिर्क तलब भत्ता र सेवा सुविधा वापत ४८ दशमलव ८ मिलियन अमेरिकी डलर लिएका छन् । यो रकम नेपालीमा ६ अर्ब ४३ करोड रुपैयाँ हुन आउँछ । यसर्थ उनको मासिक तलब भत्ता सरदर ५३ करोड हुन्छ । नदेल्ला विश्वकै दोस्रो धेरै तलब खाने कर्मचारी हुन् ।

३) शान्तनू नारायण

एडब इंकका सीइओ नारायण भारतको तेलंगनामा जन्मिए पनि अहिले अमेरिकी नागरिक भइसकेका छन् । उमेरले ६० वर्ष पुगेका उनले बिइ, एमएस र एमबिए पास गरेका छन् ।

सन् २०२३ मा उनले वार्षिक तलब भत्ता तथा सेवा सुविधा वापत ३६ दशमलव १२ मिलियन अमेरिकी डलर लिएका छन् । जुन रकम नेपालीमा ४ अर्ब ७९ करोड हुन्छ । यस हिसाबले उनले मासिक तलब भत्ता सरदर ३९ करोड बुझिरहेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष