स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर

स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । बुधबार विभागको महानिर्देशकस्तरीय निर्णयबाट ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको विभागका सूचना अधिकारी भवनाथ खतिवडाले जानकारी दिए । उनकाअनुसार मन्त्रालयबाट विभागमा सरुवा गरिएका डा. गुणानिधी शर्मालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को महामारी व्यवस्थापन शाखा लगिएको छ ।

बिज्ञापन

उपचारात्मक महाशाखाकी डा. पोमा थापालाई इडिसिडीको नसर्ने रोग मानसिक शाखा प्रमुखमा लगिएको छ । उपचारात्मक महाशाखामा डा. फणिन्द्र बराललाई लगिएको छ । उनी यसअघि इडिसिडीको नसर्ने रोग तथा मानसिक शाखामा कार्यरत थिए । त्यसैगरी परिवार कल्याण महाशाखाकी कविता अर्याललाई नर्सिङ महाशाखामा लगिएको छ । उनको ठाउँमा नर्सिङ महाशाखाकी शर्मिला दाहाललाई ल्याइएको छ ।

बिज्ञापन

अनु शाक्यलाई व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ । उनी यसअघि इडिसिडीको सर्विलेन्समा शाखामा कार्यरत थिइन् । नेपाल सरकारबाट विदा लिएर स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम (एनएचएसएसपी)मा एक वर्षे करार जागिर खान गएका सागर दाहाललाई इडिसिडीमा लगिएको छ । उनी इडिसिडीको सर्विलेन्स शाखा प्रमुखमा रुपमा इडिसिडी लगिएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष