राष्ट्रिय सभा चुनाव : नीर शाह ‘आउट’, उद्धव पौडेल मैदानमा

आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै ‘कुशुमे रुमाल’का निर्माता उद्धव पौडेलले कोशी प्रदेशबाट उम्मेदवारी दिएका छन् । उनी राप्रपाबाट उम्मेदवार बनेका हुन् । अब उनको गठबन्धनका उम्मेदवार कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारीसँग प्रतिस्पर्धा हुनेछ । उनी चाबहिलमा रहेको गोपीकृष्ण हलका मालिक समेत हुन् ।

बिज्ञापन

बागमती प्रदेशबाट उम्मेदवारमा सिफारिस भएका अभिनेता नीर शाहको भने यसपटक पनि राष्ट्रिय सभा सदस्य बन्ने सपना अधुरै भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँड गर्दा कांग्रेसले उनको नाम काटेको हो । यसअघि २०७८ सालमा उनलाई कांग्रेसले राष्ट्रपतिबाट मनोनित गरेर राष्ट्रिय सभामा पठाउन खोजेको थियो । त्यसबेला पनि गठबन्धनकै कारण उनको नाम काटिएको थियो ।

बिज्ञापन

त्यस्तै, गण्डकी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारमा सिफारिस भएका फिल्म निर्देशक तथा कांग्रेस निकट नेपाल सांस्कृति संघका अध्यक्ष तीर्थ थापाको पनि खाली हात भएको छ । १९ सिटमा हुने राष्ट्रिय सभा निर्वाचनमा यसपटक फिल्म क्षेत्रबाट उद्धव पौडेल मात्र मैदानमा देखिएका छन् । यसअघि अभिनेत्री तथा गायिका कोमल वली एमालेबाट राष्ट्रिय सभामा पुगेकी थिइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष