ठेकेदारसँग मिलेर घुस खाने इञ्जिनियर भ्रष्टाचारमा तानिए

 

बिज्ञापन

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर ९करार० टिकाराम राई भ्रष्टाचारमा तानिएका छन् ।

बिज्ञापन

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीसँग घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अख्तियारले ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध पनि मुद्दा चलाएको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले गत मंसिर १४ गते सब–इन्जिनियर राईलाई सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

अनुसन्धानको क्रममा यी दुइले आपसी मिलेमतोमा घुस खाएको खुलेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष